यसरी भाग लगाउँदैछन् ओली–प्रचण्डले मन्त्रालय, यी हुन् आउने मन्त्री


९ फाल्गुन २०७४, बुधबार
Prachanda kp Oli
फाइल फोटो

काठमाण्डौं, ९ फागुन : भर्खरै पार्टी एकीकरणको सम्झौता गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको भागबण्डा चाँडै टुङ्ग्याउने तयारी गरिरहेका छन् ।Prachanda kp Oli

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको नेताहरुले जनाएका छन् । प्रधान मन्त्रीको निजी सचिवालयका अनुसार दुई नेताबीचको भेटवार्ता सकिएको भए पनि यसको विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ । बुधवार साँझसम्म मन्त्रिपरिषद बिस्तारको तयारीमा रहेका दुई दलका अध्यक्ष मन्त्रालय बाँडफाँटको परामर्शमा जुटेका हुन् ।

यस्तो छ मन्त्रालयको भागबण्डा

अब कायम हुने १५ मन्त्रालयमध्ये एमालेले ८ र माओवादी केन्द्रले ५ मन्त्रालय लिने दुई दलबीच मोटामोटी सहमति भएको जनाइएको छ । दुई मन्त्रालय भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिताबारे छलफल भइरहेको भन्दै तत्काल बाँडफाँड नहुने जनाइएको छ । कायम भएका १५ मन्त्रालयलाई बढाएर १८ पु¥याउने कसरत पनि भइरहेको बताइएको छ । मोटामोटी सहमति अनुसार एमालेले प्रधान मन्त्रीसहित, अर्थ, भौतिक पूर्वाधार, कानुन न्याय तथा संसदीय मन्त्रालयमा दाबी गरेको छ । माओवादी केन्द्रले गृह तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमा दुवै दलको दाबी छ । मन्त्रालय बाँडफाँडमा सहमति भएपछि मन्त्रीको नाम टुङ्गोमा पु¥याउने दुवै दलको तयारी छ ।

यी मन्त्रालयमा यी आउँदैछन् मन्त्री

एमाले माओवादीमा मन्त्रीका लागि नेताहरुको दौडधुप चलिरहेको छ । एमालेबाट मन्त्रीको आकांक्षी छन् । आकांक्षी व्यवस्थापन गर्न एमालेमा सकस छ । एमालेमा भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल, शेरबहादुर तामाङ लगायतका नेताहरु मन्त्रीको लागि चर्चामा छन् ।

रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी सरकारमा जाने तयारी छ । वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, अग्नि सापकोटा, देव गुरुङ, हितबहादुर तामाङ लगायतका नेता माओवादीबाट मन्त्रीको लागि चर्चामा छन् । पार्टी प्रवक्ता पम्फा भुसालले भने मन्त्रीको नाम टुङ्गो लागिनसकेको बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७