माधव नेपालको प्रश्न–‘पार्टी नै प्रवेश नगरेका माओवादी नेता कसरी भए केन्द्रीय कमिटीको सदस्य ?’


७ चैत्र २०७७, शनिबार
Madhav Nepal 2

काठमाडौं, ७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी नै प्रवेश नगरेका पुर्व माओवादी नेता पार्टी केन्द्रीयको कमिटी सदस्य भएको भन्दै  आश्चर्य व्यक्त गरेका छन् । शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आफू पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले पार्टी नै प्रवेश नगरेका २३ पुर्व माओवादी नेतालाई केन्द्रीय कमिटीको सदस्य मनोनित गरिएको भन्दै  आश्चर्य व्यक्त गरेका हुन् ।

उनले आफू अल्पमतमा पर्ने भएपछि कसैलाई सूचना नै नदिएर ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर रातारात २३ जना केन्द्रीय सदस्य थपेको नेपालले आरोप लगााए । उनले प्रश्न गरे,‘ केपी ओली अधिकार नै नभएको पार्टीको विधान परिवर्तन गरि २३ जना केन्द्रीय कमिटीमा थपियो । उहाँको घोषणालाई शिर निहुराएर स्विकार्नुपर्ने ? पार्टीमा प्रवेश नगरेका मान्छेहरू कसरी केन्द्रीय कमिटी सदस्य भए ? प्रवेश नै नगरेको मान्छेहरू केन्द्रीय कमिटी सदस्य हुन सक्छ ?’

सम्बोधनका क्रममा नेता नेपालले २ जेठ २०७५ को कमिटीमा फर्किए सबैमा अल्पमतमा पर्ने भएपछि अध्यक्ष ओलीले विधान विपरितका निर्णय गरेको बताए । उनले आफू अल्पमतमा परे ओलीले कमिटीको आकार २ हजार र्पुयाउन सक्ने उनले सुनाए । उनले भने, ‘सोझै केन्द्रीय कमिटी सदस्य थपिदिए । २३ जना थपिए दिएपछि संख्या त थपियो नि । बहुमत पुग्छ नि । त्यसमा पुगेन भने रातारात ५५६ भयो । त्यसमा पनि पुगेन भने ११९९ भयो भन्न बेर छैन ।’

त्यस्तै उनले पार्टीको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरोदेखि केन्द्रीय कमिटीसम्म आफूहरूको बहुमत रहेको दावी गर्नुभयो । सम्बोधनका क्रममा नेता नेपालले २ जेठ २०७५ को कमिटीमा फर्किए सबैमा अल्पमतमा पर्ने भएपछि अध्यक्ष ओलीले विधान विपरितका निर्णय गरेको बताए ।

पार्टी पदाधिकारीमा १० जना आफूहरूसँग र ५ जना ओलीतिर रहेको भन्दै नेताहरूकाे नाम नै लिए । २२ सदस्यीय स्थायी कमिटीमा क्रमशः नेपाल र ओली समूह १२/१० जना, ४५ सदस्यीय पोलिटब्युरोमा २५/२० र केन्द्रीय कमिटीमा ९७/९० भन्दै उनले भने, ‘त्यही भएर नभएको अधिकार प्रयोग गरेर विधान संशोधन गर्ने पार्टीमा प्रवेश नगरेको मान्छेलाई केन्द्रीय सदस्य मनोनित गरियो ।’
आफू अल्पमतमा परे ओलीले कमिटीको आकार २ हजार र्पुयाउन सक्ने उनले सुनाए ।

भिडियाे

‘४८ वर्ष पुरानो मायाप्रीति हो, एक रातमा तोडिँदैन’
नेता नेपालले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको बताए । केपी ओलीसँको आफ्नो मायाप्रेम ४८–४९ वर्ष लामो रहेको टिप्पणी गर्दै ओलीसँग छुट्टिने पक्षमा नरहेको स्पष्ट पारे ।

नेता नेपालले केपी ओलीले पार्टीमा बैठकको सामना गर्नै नचाहेकाले समस्या पैदा भएको बताए । केपी शर्मा ओलीसँगको आफ्नो मायाप्रिति ४८ वर्ष पूरानो भएको र त्यो एक रातमै नतोडिने बताएका छन् ।
उनले भने, ‘पार्टीका अध्यक्ष केपी ओलीसँग छुट्टिइहाल्ने पक्षमा म छैन । हामीहरुको मायाप्रीति ४८ वर्ष पुरानो हो, त्यो एक रातमै तोडिदैँन । संघर्ष गर्दैमा केपी ओलीसँग मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ र ? हामी एकताको हात बढाउन चाहन्छौँ ।’

उनले आफू अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुममै पसेर किन रिसाउनुभो भन्दै गाला मुसारेर फकाउने बताउँदै भने, ‘यो गार्जियनको काम नै हो । तर, उहाँले त्यो गर्नुभएन ।’

यस्तै उनले आफु संसदीय दलको बोर्डमा नवस्ने घोषणा समेत गरे । संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाल पनि थिए । नेता नेपालले भने दलको विधान संशोधन गरेर केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्र बोर्ड गठन वैधानिक हुने बताए । त्यसरी बोर्ड गठन गरिए को–को बस्ने भनेर छलफल गर्ने र सहमतिमा अघि बढ्ने उनले प्रष्ट पारे ।

वरिष्ठ नेता नेपालले नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतको फैसला गलत भएपनि बाध्य भएर लागु गर्नु परेको जिकिर गर्नुभयो । एमाले अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई कारबाही गरेपछि सो समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७