दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल


८ चैत्र २०७७, आईतवार
khushi
फाइल फोटो

काठमाडौं, ८ चैत । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ ।

नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो । नेटवर्कले १४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा सयौं स्थानमा थियो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो । राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ मुलुकमा अध्ययन गरेको थियो ।

कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनका लागि आधार लिइएको थियो। भारत ३.८१९ अंक प्राप्त गरी १ सय ३९ औं र चीन ५.३३९ अंक प्राप्त गरी ८४ औं स्थानमा सूचीकृत भएका छन् ।

श्रीलंका ४.३२५ अंक ल्याएर १ सय २९ औं, पाकिस्तान ४.९३४ अंक प्राप्त गरी १ सय ५औं, बंगलादेश ५.२५ अंक प्राप्त गरी १ सय १ औं, मालदिभ्स ५.१९८ अंक प्राप्त गरी ८९ औं स्थानमा सूचीकृत भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७