इङ्ल्याण्डसँगको पाँचौं टी –ट्वान्टी सिरिज भारतलाई


८ चैत्र २०७७, आईतवार
india mAZYBCEk6W

काठमाडौं, ८ चैत । भारतले इङ्ल्याण्डविरुद्धको पाँचौं ट्वान्टी–ट्वान्टी सिरिज ३–२ ले जितेको छ । गए राति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।

भारतको जितका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्ग खेलेका थिए । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्ग खेले भने हार्दिक पाण्डेय ३९ रनमा अविजित रहँदा सूर्यकुमार यादवले ३२ रन बनाए ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्ड २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । यसअघि भारतले दोस्रो र चौथो ट्वान्टी–ट्वान्टी सिरिज पनि जितेको थियो । पहिलो र तेस्रो खेल भने पाहुना टोली इङ्ल्याण्डले जितेको थियो । टी–ट्वान्टीको विश्व वरियतामा इङ्ल्याण्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७