‘जिया धडक–धडक’ की नायिका यस्ती बनिन् डिप्रेसनले


९ फाल्गुन २०७४, बुधबार
suri

काठमाण्डौं, ९ फागुन : निर्देशक मोहित सुरीकी बहिनी स्माइली सुरीले ‘कलयुग’ मार्फत् फिल्ममा डेब्यु गरेकी थिइन् । ‘कलयुग’ नहेर्नेले पनि उक्त फिल्ममा रहेको ‘जिया धडक धडक’ त सुनेकै हुनुपर्छ । उक्त गीतमा देखिएकी अभिनेत्री हुन् स्माइली । ती सुन्दर र मुस्कानकी खानी स्माइलीको अचेल बदलिएकी छिन् । डिप्रेशनका कारण उनी मोटी मात्रै भएकी छैनन्, थायराइडबाट पनि ग्रसित छिन् ।suri

डिप्रेसनलाई जित्न अहिले उनी पोल डान्स सिकिरहेकी छिन् । उनलाई सानैदेखि नृत्यमा रहेको सोख पूरा गरेर डिप्रेसनबाट मुक्ति पाउनुछ । उनी अरुलाई पनि यसका लागि प्रोत्साहन गरिरहेकी छिन् । भनिरहेकी छिन्, ‘केही न केही गर्नुपर्छ नत्र डिप्रेसन जस्ता खराब स्वास्थ्य समस्याले अंगाल्न सक्छ ।’

पछिल्ला वर्षहरुमा उनले आफन्तहरु गुमाउँदै जाँदा डिप्रेशनबट झन् झन ग्रसित हुनुपर्‍यो । आफ्नी हजुरआमा र बुवा गुमाएपछि एक्लो महसुस गर्न थालेको र त्यसैले डिप्रेसनमा लिएको उनले बताएकी छिन् । ‘यस बाहेक बताउन नमिल्ने केही घटना मेरो जीवनमा घटे, जसले मलाई यो अवस्थामा पु¥र्याो,’ उनले दैनिक भाष्करसँग भनेकी छिन् । उनले सन् २१४ मा विनित बंगरासँग विवाह गरेकी थिइन् । तर, उनको वैवाहिक जीवन पनि सहज नचलिरहेको बुझिएको छ । डिभोर्स नगरेपनि छुट्टाछुट्टै बसिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७