३ वटा प्रदेशको ४ स्थानमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा


८ चैत्र २०७७, आईतवार
machhapuchre c aswa sewa4163

काठमाडौं, ८ चैत । माछापुच्छ्रे बैंकले ३ वटा प्रदेशको ४ स्थानमा एकैदिन क्युआर कोड सेवा सुरु गरेको छ।

प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार

चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरुमा उक्त सेवा संचालनमा ल्याएको छ। समितिमा भरतपुर मलमल यातायात, चितवन यातायात, संयोग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन हुन्।

त्यसैगरी गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमा यो सेवा सुरु गरिएको हो। नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको बैंकको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७