अश्लिल भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने तीन जना पक्राउ


९ चैत्र २०७७, सोमबार
909dfc3af7e425c7876a788962d09ef5 w1000 h500 cp

काठमाडौं, ९ चैत । काठमाडौंको एक गेस्ट हाउसमा पुरुषसँग अश्लिल हर्कत गरी गोप्य भिडियो खिचेर पीडितसँग ब्ल्याकमेलिङ गर्ने दुई महिला र एक पुरुष पक्राउ परेका छन् ।

जाजरकोटको भेरी नगरपालिका–६ घर भइ हाल गोंगबु बस्ने वर्ष २८ की संगीता शाह (रितु), सिन्धुपाल्चोकको साँगाचोकगढी–१२ घर भइ गोंगबु बस्ने वर्ष २१ की सुस्मिता गिरी र नुवाकोटको ताडी गाउँपालिका–६ घर भइ हाल स्वयम्भु बस्ने २१ वर्षीय शंकर खनाललाई प्रहरीले पक्रेको हो ।

उनीहरुले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित एक गेस्ट हाउसमा बोलाएर कोठाभित्र सँगै बसेको र अश्लिल हर्कत गरी साथीलाई गोप्य तरिकाले भिडिओ खिच्न लगाई सो भिडिओ पीडितलाई पठाएर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ ।

त्यसक्रममा आठ लाख रुपैयाँ नगद तथा शंकर खनालको नाममा रहेको बैंक खातामा पाँच लाख रुपैयाँ राख्न लगाएको प्रहरीको भनाई छ । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७