बार्सिलोनाका लागि मेसीको कीर्तिमानी ७६८ औं खेल

स्वारेजले गरे खेल जीवनको ५ सयौं गोल


९ चैत्र २०७७, सोमबार
thumb 9

काठमाडौं, ९ चैत । लियोनल मेसीले बार्सिलोनाका लागि आइतबार कीर्तिमानी ७६८औं खेल खेलेका छन् । उक्त खेलमा उनले दुई गोल पनि गरे । बार्सिलोनाले स्पेनी ला लिगामा रियल सोसिडाडलाई सजिलै ६–१ ले हरायो ।

यस खेलपछि ३३ वर्षीय अर्जेन्टिनी खेलाडीले ज्याभीलाई उछिनेर बार्सिलोनाका लागि सर्वाधिक खेल्ने खेलाडी भएका हुन् । त्यस जितमा सर्जिनो डेस्टले पनि दुई गोल गरे भने एन्टोन ग्रिजमन र ओसमन डेम्बेलेले एक–एक गोल गरे ।

suarez 2232021020239 1000x0 1

आइतबार नै लुइस स्वारेजले आफ्नो खेल जीवनको ५सयौं गोल गरे । स्वारेजको गोलमा एटलेटिको म्याड्रिडले एलाभेसलाई १–० ले हरायो । यो जितपछि एटलेटिको लिगको शीर्ष स्थानमा फेरि ४ अंकको अग्रता खोलेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७