चेल्सी र लेष्टर सिटी सेमिफाइनलमा


९ चैत्र २०७७, सोमबार
chelsi

काठमाडौं, ९ चैत । चेल्सी र लेष्टर सिटी एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गए राति भएको क्वार्टर फाइनल खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले हराउँदै लेष्टर सिटी सेमिफाइनलमा पुगेको हो ।

आफ्नै मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन केलेची इहिनाचोले दुई तथा युरी टिलेमन्सले एक गोल गरे । पराजित टोली म्यान्चेस्टर युनाईटेडका मेसन ग्रिनउडले एक गोल गरेका थिए । गए रातिकै अर्को खेलमा शेफिल्ड युनाईटेडलाई २–० ले हराउँदै चेल्सी पनि सेमिफाइनलमा उक्लेको छ ।

खेलमा चेल्सीका लागि हकिम जिएचले एक गोल गर्दा शेफिल्डका ओलिभर नरवुडले एक आत्माघाती गोल गरे । चेल्सीले अब सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल लेष्टर सिटी र साउथह्याम्पटनबीच हुनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७