त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालको कप्तानी किरण चेम्जोङलार्ई


९ चैत्र २०७७, सोमबार
kiran chemjong

काठमाडौं, ९ चैत । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् ।

मङ्गलवार (भोलि) देखि शुरु हुने प्रतियोगिताको पूर्व सन्ध्यामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको कप्तानी किरणले गर्ने र आई लिग खेल्न भारत गएका उनी सोमवार नै नेपाल आइपुग्ने जानकारी दिएका छन् ।

football conference vutP2VEpvY

मुख्य प्रशिक्षक महर्जनले नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा रहेको बताए । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने महर्जनको भनाइ छ ।

पत्रकार सम्मेलनमा उपकप्तान रोहित चन्दले घरेलु मैदानमा हुने खेललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको त्रिदेशीय प्रतियोगिता मङ्गलवारदेखि शुरु हुँदैछ । पहिलो खेलमा मङ्गलवार बङ्गलादेश र किर्गिस्तानले खेल्दै छन् । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७