कोरोनाको खोप लगाएका काठमाडौंका व्यक्तिमा कोरोना


११ चैत्र २०७७, बुधबार
korona

काठमाडौं, ११ चैत । कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमका कोरोना संक्रमण देखिएको छ । नेपालमा कोरोनाविरुद्ध खोप लगाएका ७५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

फागुन २३ गते ज्येष्ठ नागरिकका लागि सञ्चालित खोप अभियानमा खोप लगाएका काठमाण्डौंका ती व्यक्तिको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

खोकी, निमोनियाको लक्षणसहित अस्पताल भर्ना हुनुभएका ती ज्येष्ठ नागरिकको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए । उनमा कोरोना संक्रमण प्रतिरोधक क्षमता विकास हुनुअघि नै कोरोना संक्रमण भएको वा खोप लगाउनुभन्दा पहिले नै संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७