डिपिएलको अक्सन जारी, करन र वसन्त डेढ लाखमा बिक्री


९ फाल्गुन २०७४, बुधबार
dpl

काठमाण्डौं, ९ फागुन : घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को अक्सन अहिले जारी छ । ‘ए’ वर्गका खेलाडीहरुमा वसन्त रेग्मीलाई विराटनगर किङ्सले १ लाख ५० हजारमा खरिद गरेको छ । उनलाई सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्सले पनि बोली लगाएका थिए । त्यस्तै विराटनगरले पृथु बास्कोटालाई १ लाख २० हजारमा खरिद गर्न सफल रह्यो ।dpl

महेन्द्रनगर युनाइटेडले ‘ए’ वर्गका तीन खेलाडीलाई टोलीमा भित्राउन सफल भयो । महेन्द्रनगरले करन केसीलाई १ लाख ५० हजारमा, अभिनाश कर्णलाई ८० हजारमा र आरिफ शेखलाई १ लाख ५० हजारमा खरिद र्गयो । आरिफ शेखलाई रुपन्देहि च्यालेन्जर्स बाहेक सबैले तथा करनलाई सबै टोलीले बोली लगाएका थिए ।

रुपन्देही च्यालेन्जर्सले जितेन्द्र मुखियालाई ९० हजार, प्रदिप ऐरीलाई ८० हजार र सागर पुनलाई १ लाख ५० हजारमा खरिद गर्न सफल भयो । काठमाडौं गोल्डेन्सले नरेश बुढाएरलाई १ लाख २० हजारमा खरिद गरे । त्यस्तै टिम चौराहा धनगढिले राजेश पुलामी मगरलाई ८० हजारमा खरिद ग¥यो भने सुबास खकुरेल सीवाइसी अत्तरियामा ८० हजारमा बिके । ‘ए’ वर्गमा रहेका चन्द्र साउद, राहुल विश्वकर्मा, मन्जित श्रेष्ठ, मेहबुब आलम र सन्जम रेग्मीलाई कुनै टोलीले खरिद गरेन ।

‘बि’ र ‘सी’ वर्ग खेलाडीको अक्सन अहिले चलिरहेको छ । महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा विनोद भण्डारी, डिफेन्डिङ च्याम्पियन टिम चौराहा धनगढीको रणनीतिक खेलाडीमा सोमपाल कामी, सिवाइसी अत्तरियामा दिपेन्द्रसिंह ऐरी, रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, काठमाडौं गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र बिराटनगर किङ्सको रणनीतिक खेलाडीमा राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्का रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७