मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन ‘अल्टिमेटम’


११ चैत्र २०७७, बुधबार
difmgmg1616563921

विराटनगर, ११ चैत । नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन एमाले सांसदहरुलाई निर्देशन दिएको छ । आज (बुधबार) विराटनगरमा बसेको बैठकले सांसदहरुलाई यस्तो निर्देशन दिएको हो ।

बैठकले दलको विधान समेत पारित गरेको छ । विधान पारित गरेर बोर्ड गठन गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । बोर्डमा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र ११ जना सांसद गरी १५ जना छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक बसेको प्रदेश–१ को संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ ।

सुवेदीले बैठकमा नेपाल–खनाल पक्षका सांसदहरु पनि उपस्थित भएको बताए । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका सांसद बैठकमा उपस्थित भएको उनले बताए । उनले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका सांसद टंक आङ्बुहाङ दलको बैठकमा उपस्थित भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७