थ्री नेसन्स कपमा बंगलादेशकाे विजयी सुरुवात {भिडियो}


११ चैत्र २०७७, बुधबार
Banvskgz

काठमाडौं, १० चैत । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू–२३ टिमलाई १–० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । किर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल गरे । खेलको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे ।

यससँगै बंगलादेशले पहिलो पटक किर्गिस्तानको उमेर समूहको टिमलाई हराउँन सफल भएको छ । जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ । र, फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । नेपालले पहिलो खेलमा बिहीबार किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७