सिन्धुपाल्चोकका ४८ विद्यार्थीद्वारा प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन


११ चैत्र २०७७, बुधबार
prabhu 2Yrm5bqBzo

काठमाडौं, ११ चैत । सिन्धुपाल्चोकका चारवटा विद्यालयका विद्यार्थीहरुले चैत ९ गते प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।

सिन्धुपाल्चोकका तेर्षे माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय, श्रीपाल्चोक माध्यामिक विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालयका ४८ जना विद्यार्थीहरुले प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका हुन् । अवलोकन भ्रमणबाट विद्यार्थीहरुले बैकिङ साक्षरता र ज्ञान हासिल गरेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरुले बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययन गरेको बैंकले जनाएको छ । उक्त अवसरमा विद्यार्थीहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७