त्रिदेशीय फुटबल प्रतियोगिता : नेपाल र कीर्गिस्तानबीचको खेल आज


१२ चैत्र २०७७, बिहीबार
ANANTA TAMANG1616634509

काठमाडौं, १२ चैत । त्रिदेशीय फुटबलका प्रतियोगितामा नेपाली टोलीले आज (बिहीबार) कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार बेलुकी ५ः३० बाट शुरु हुनेछ ।

कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाल यो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ । नेपालले विश्वकप छनोटका खेलका लागि लामो समय तयारी गरेको छ । विश्वकप छनोटका खेलहरु स्थगित भएका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय फुटबलको आयोजना गरेको हो ।

खेलअघि नेपालका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपालको लक्ष्य, उत्कृष्ट प्रदर्शनसँगै र नयाँ खेलाडीलाई अवसर दिने भएको बताएका छन् । सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक महर्जनले घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नका साथै नयाँ अनुहारलाई टिममा मौका दिने रहेको बताएका थिए ।

‘त्रिदेशीय फुटबलका लागि हाम्रो तयारी राम्रो छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो लय समात्ने हाम्रो योजना हो । जसका लागि हाम्रो तयारी पनि राम्रो छ । खेलाडी पनि उत्साहित छन्’, महर्जनले भने ।

यता, टिमका उप–कप्तान रोहित चन्दले पनि टिममा सबै खेलाडी खेलका लागि उत्साहित भएको बताए । उनले लामो समयपछि घरेलु मैदानमा खेल्ने मौका पाएको हुनाले यसको महत्व नै बेग्लै हुने बताए ।

‘लामो समयपछि त्रिदेशीय फुटबल खेल्दै छौं । त्यसको लागि हाम्रो तयारी पनि राम्रो छ । घरेलु मैदानमा खेल्न लागेका हुनाले केही सहज पनि हुनेछ । अनि हामी उत्साहित पनि छौं’, चन्दले भने ।

नेपाली टोलीमा को–को छन् ?

गोलरक्षक– किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु

डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, रंजित धिमाल, निशान खड्का, दिनेश राजवंशी, विराज महर्जन, छिरिङ गुरुङ, अजित भण्डारी ।

मिडफिल्डर – त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, रबि शंकर पासवान, तेज तामाङ, एरिक विष्ट, सुनिल बल, सन्जोग राई, विशाल राई
फरवार्ड – भरत खवास, अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७