भागरथी हत्या प्रकरण: आरोपी र मृतकको स्वाबको डीएनए मिल्यो


१२ चैत्र २०७७, बिहीबार
bhagirathi bhatta

काठमाडौं, १२ चैत । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनएसँग मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । भागरथीको शरीरबाट निकालिएको स्वाबसँग दिनेशको डीएनए रिपोर्ट मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश सिंहले पुष्टि गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए ।

प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।

उनलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो ।
बै

तडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट २१ माघमा विद्यालयबाट घर फर्किँदै गर्दा हराएकी थिइन् । सनातन माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययन गर्ने उनी साँझसम्म नआएपछि परिवारले खोजी थालेको थियो । भोलिपल्ट विद्यालयबाट घर आउने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा उनको शव भेटिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७