दोलखा तामाकोसी किनारको माझीबस्तीमा पनि कर गिरोहको छल


१३ चैत्र २०७७, शुक्रबार
lachhuman.jpg .2021 03 26

दोलखा, १३ चैत । माछा मारेर परिवार पालिरहेका तामाकोसी गाउँपालिका– १ भिरकोटका लछुमन माझीविरुद्ध पाँच करोड ५६ लाख कर छलीको मुद्दा लागेको छ । उनका छिमेकी पनि आपूmमाथि कस्तो मुद्दा लाग्ने हो भनेर भयभीत छन् ।

भूकम्पपीडितका नाममा १० देखि ३० हजार राहत दिएर उनीहरूको नागरिकता संकलन गरिएको थियो । तर, त्यही नागरिकताका आधारमा कम्पनी खोलेर अर्बाै कारोबार गरी करोडौँको राजस्व छली भएको छ । यस्तै गिरोहले बाराका विपन्न दलितका नाममा कम्पनी खोलेर एक अर्ब चार करोड राजस्व छली गरेको समाचार प्रकाशित भएको थियो ।

majhi basti.jpg .2021 03 26

भूकम्पबाट अतिप्रभावित दोलखामा जेठ–असार ०७२ मा राहत दिने भन्दै गिरोहले तामाकोसी किनारको माझीबस्तीबाट नागरिकता संकलन गरेको थियो । तामाकोसी भिरकोटका लछुमनले पनि नागरिकता दिएका थिए । तर, करिब साढे पाँच वर्षपछि गत मंसिरको अन्तिम साता उच्च अदालत पाटनबाट म्याद तामेलीको पत्र आयो ।

राजस्व अनुसन्धान विभागले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतको पत्रमा लछुमनको नाममा रहेको पिआरके ट्रेड इन्टरनेसनल कम्पनीको स्थायी लेखा नम्बर ६०५४२८२७२ बाट कर छली गरेको उल्लेख भए पनि रकम खुलाइएको थिएन । १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको थियो ।

दिनभरि माछा मार्नमै व्यस्त रहने निरक्षर लछुमनले राजस्व छलेको पत्र आएपछि गाउँ नै अचम्ममा पर्‍यो । छिमेकी र स्थानीय जनप्रतिनिधिले पत्रबारे राजस्व अनुसन्धान विभागमा बुझेपछि गाउँले थप चकित बने । किनभने लछुमनको कम्पनीले पाँच करोड ५६ लाख कर छली गरेको विभागबाट बताइएको थियो । ‘दिनको दुई सय कमाउन धौ–धौ भएका हामीले सरकारको त्यत्रो पैसा हिनामिना गरेको सुनेपछि त हामी छाँगाबाट खसेझैँ भयौँ,’ लछुमनकी पत्नी मिठुले भनिन् ।

अदालतको पत्र समेत अरूले वाचेर सुनाए

दिनभरि माछा मार्नमै व्यस्त रहने लछुमनलाई अदालतको पत्र आयो । निरक्षर उनको पत्र समेत अरूले पढिदिए । उनले कर छलेको भनेर पाटन उच्च अदालतमा मुद्दा परेको थाहा पाएपछि पूरै गाउँ आश्चर्यचकित प¥यो । छिमेकी र स्थानीय जनप्रतिनिधिले पत्रबारे आन्तरिक राजस्व विभागमा बुझेपछि गाउँले थप चकित बने ।

किनकि लछुमनको कम्पनीले पाँच करोड ५६ लाख कर छली गरेको विभागबाट बताइएको थियो । ‘दिनको दुई सय कमाउन धौ–धौ भएका हामीले सरकारको त्यत्रो पैसा हिनामिना गरेको सुनेपछि त हामी छाँगाबाट खसेझैँ भयौँ,’ लछुमनकी पत्नी मिठुले भनिा् । भूकम्पपीडितको रूपमा राहतका नाममा उनीजस्तै अरू सात जनाले पनि गिरोहलाई नागरिकता दिएका थिए ।

हुन पनि लछुमनले उनको भनिएको कम्पनीको नामसमेत पहिलो पटक सुनेका थिए । बिहीबार उनको घर पुग्दा पनि लछुमन छोरा दिनेशसँगै माछा मार्न तामाकोसीको चरंगे दोभान पुगेका थिए । तीन दिन बगरमै बसेर उनीहरूले दुवाली थुन्ने र लहरे राख्ने गरेको मिठुले बताइा् ।

त्यसपछि लछुमनसहित गाउँलेले मुद्दाबारे थप बुझ्न पहल गरे । स्थानीय कानुन व्यवसायी र समाजका अगुवासँग छलफल पनि गरे । लछुमनको नाममा कसरी कम्पनी दर्ता भयो त, नागरिकतासहितका कागजपत्र नभई त कम्पनी दर्ता हुँदैन, सम्बन्धित व्यक्तिले हस्ताक्षर पनि गर्नुपर्छ । त्यसपछि लछुमनसहितका गाउँलेले झन्डै ६ वर्षअघिका घटनाक्रम सम्झिन थाले ।

०७२ को भूकम्पले भिरकोटको माझीगाउँ पनि तहसनहस बनाएको थियो । स्थानीय माझीहरू राहत र सहयोगको पर्खाइमा थिए । त्यही वेला कपडा बेच्दै आएका महेन्द्र यादव नामका व्यक्ति माझीगाउँमा झुल्किए । सुरुमा उनलाई लछुमनले नै भेटेका थिए । त्यसपछि अरू गाउँलेसँग पनि भेट भयो । कुरा हुँदै जाँदा महेन्द्रले गाउँका भूकम्पपीडितका लागि राहत जुटाउने आश्वासन दिए ।

भूकम्पको चपेटामा परेका गाउँलेले राहत र सहयोगको अपेक्षा राख्नु स्वाभाविक नै थियो । महेन्द्रले ‘सहरमा विपन्न भूकम्पपीडितलाई राहत दिने निकाय छ’ भन्दै लछुमनसहित गाउँलेसँग नागरिकता र फोटो मागे । लछुमनसँगै स्थानीय देवेन्द्र माझी, नारायण माझी, शरण माझी, वीरबहादुर माझी र लछुमनका छोरा दिनेश माझी तथा छिमेकी जफेका लोकबहादुर थापामगर र मोहन खत्री काफ्लेले उनलाई नागरिकता र फोटो बुझाए । राहत बुझ्न भन्दै महेन्द्रले उनीहरूमध्ये केहीलाई काठमाडौं, कसैलाई जनकपुर र कसैलाई सर्लाहीको मलंगवा पु¥याए ।

महेन्द्रले लछुमनलाई काठमाडौंं ल्याएर एक साताजति होटेलमा बसाएर विभिन्न कागजपत्रमा हस्ताक्षर गराए । त्यस्तै, जनकपुर र मलंगवा लगिएकालाई पनि कागजपत्रमा हस्ताक्षर गर्न लगाएका थिए । त्यसपछि मान्छे हेरेर १० देखि ३० हजारसम्म रकम दिएर घर पठाएका थिए ।

अदालतको पत्र आएपछि मात्रै लछुमनले बुझाएका काजगपत्र दुरुपयोग गरेर फसाइएको गाउँलेले थाहा पाएका छा् । लछुमनको नाममा अदालतबाट तामेली आएपछि आफूहरू पनि ठगिएको अरूले महसुस गर्न थालेका छा् । उनीहरूमा पनि अदालतको पत्र आउने त्रास बढेको छ ।

‘गरिबी निवारणका लागि राहत ल्याउन नागरिकता चाहिन्छ भन्दै मसँग नागरिकता मागेको थियो । मलंगवा बोलाएर धेरै काजगपत्रमा हस्ताक्षर पनि गराएको थियो । फर्किंदा ११ हजार रुपैयाँ राहत भन्दै दिएको थियो । यसरी फसाउन पो रहेछ,’ वीरबहादुर माझीले भने । त्यसपछि महेन्द्रसँग सम्पर्क नभएको उनले बताए ।

जफेका मोहन काफ्लेले पनि काठमाडौं बोलाएर महेन्द्रले विभिन्न कागजपत्रमा हस्ताक्षर गराएर आफूलाई १५ हजार राहत दिएको बताए । ‘भूकम्पको मारमा रहेका हामी गरिबलाई राहत दिन्छु भनेर पनि फसाइएको रहेछ,’ उनले भने ।

मोबाइल नम्बर समेत पीडितकै नाममा

महेन्द्र यादवले सोझा माझीहरूका नाममा मोबाइलसमेत लिएको खुलेको छ । लछुमन माझीलाई अदालतको पत्र आएपछि गाउँघरमा छलफल भयो, महेन्द्रको नम्बर पनि खोजी भयो । त्यसपछि पत्ता लाग्यो, महेन्द्रले फोन गर्ने गरेको नम्बर पनि लछुमनकै नाममा दर्ता भएको रहेछ । महेन्द्रले पीडित माझीहरूकै नाममा छुट्टाछुट्टै नम्बर लिएको नेपाल टेलिकम दोलखा शाखाले बताएको छ । पछिल्लो तीन वर्षमा यसरी गरिब तथा मजदुरको नाममा कम्पनी दर्ता गरेर कर छली गरेका दुई सयभन्दा धेरै घटना विभागले पत्ता लगाएको छ । त्यसमध्ये केहीमा मुद्दा दायर गरिसकेको छ भने केहीमा छानबिन भइरहेको विभागका प्रवक्ता शिवलाल तिवारीले बताए ।

‘अरूको नाममा कम्पनी दर्ता गरेर नक्कली बिजबीजक बनाई कर छली गर्ने करिब दुई सय कम्पनीको पहिचान भइसकेको छ,’ उनले भने, ‘यसमा अन्य निकाय पनि सचेत हुनु जरुरी देखिन्छ । पछिल्लो तीन वर्षमा विभागले मूल्य अभिवृद्धि करका झुटा तथा नक्कली बीजक प्रयोग गरेकोमा २० अर्ब कर छली भएको भन्दै एक सय ६२ वटा मुद्दा दायर गरेको विभागको तथ्यांक छ । जसमध्ये आधाजसो मुद्दामा नक्कली कम्पनी धनी खडा गरिएको छ ।

लछुमनका पक्षमा निःशुल्क बहस गरिरहेका अधिवक्ता शुकदेव काफ्ले भन्छा्– राजस्वले सहयोग गरे माझीले उन्मुक्ति पाउँछन्
झुक्याएर फसाइएका लछुमन माझीको मुद्दामा अधिवक्ता शुकदेव काफ्लेले निःशुल्क सहजीकरण गरिरहेका छा् । राजस्व अनुसन्धान विभागले सहयोग गरे सोझा माझीहरू फस्नबाट जोगिने उनले बताए ।

sukadev kafle.jpg .2021 03 26

‘अदालतको बयानमा राजस्व अनुसन्धान विभागका प्रतिवेदकहरूले बयान दिनुपर्छ । उनीहरूले बयानका क्रममा माझीहरू दोषी नदेखिएको, उनीहरूलाई फसाइएको बताए माझीले अभियोगबाट उन्मुक्ति पाउने सम्भावना रहन्छ,’ अधिवक्ता काफ्लेले भने ।
पक्राउ परे महेन्द्र

माझीहरूको नागरिकता दुरुपयोग गर्ने महेन्द्र यादव पक्राउ परेका छा् । एक महिनाअघि उनलाई पक्राउ गरी काठमाडौंस्थित राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । लछुमन माझीका नाममा अदालतबाट पत्र आएपछि माझीहरूले सामूहिक रूपमा महेन्द्रविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

‘महेन्द्र यादव भन्ने व्यक्तिले हामीलाई फसायो भनेर निवेदन दिनुभएको थियो । उहाँहरूले बताएको हुलियाकै आधारमा हामीले एकजनालाई पक्राउ गरेर काठमाडौं पठाएका छौँ,’ जिल्ला प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले भने । महेन्द्रको टेलिफोनका आधारमा अन्य केही व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७