बंगलादेशमा निस्किन् अर्की सनी लियोनी, एकाएक भइन् भाइरल


९ फाल्गुन २०७४, बुधबार
nyla

काठमाण्डौं, ९ फागुन : ग्ल्यामरस अन्दाजका कारण सनी लियोन बलिउडमा निकै चर्चित छिन् । क्यानेडियन पूर्व पोर्न स्टार सनीले थुप्रै हिन्दी फिल्ममा अभिनय गरेकी छन् ।nyla

त्यस्तै हालै भारतीय अनलाइनले बंगलादेशकी सनी लियोन भन्दै एउटी बंगलादेशी मोडलको निकै प्रचार–प्रसार गरेका छन् । ती मोडल हुन्, नायला नइम । सनीझैँ बोल्ड र ग्ल्यामरस प्रस्तुतिका कारण २३ वर्षीया नायलालाई सनी लिओनसँग दाँजिएको हो । सन् १९९५ डिसेम्बर १४ मा बंगलादेशको बरिसलमा जन्मिएकी नायलार्ले याम्प मोडलिङबाट करिअर शुरु गरेकी हुन् । उनले थुप्रै प्रोडक्टको विज्ञापनमा मोडलिङ गरिसकेकी छिन् । नायला बिकनी लगाउन कत्ति पनि हिच्किचाउँदिनन् । उनले बिकनी पोजमा काम गरिसकेकी छिन् ।

अंग प्रदर्शनका मामलामा निकै उदार विचार राख्ने गरेकाले पनि उनलाई सनी लिओनसँग दाँजिएको हो । बिकनी पोजका कारण उनले निकै आलोचना र गाली पनि पाउने गरेकी छिन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले बंगलादेशको मनोरञ्जन दुनियाँमा आफ्नो बेग्लै नाम स्थापित गरेकी छिन् । मोडलिङका साथै अभिनयमा समेत रुचि राख्ने उनले केही टिभी सो र फिल्ममा काम गरिसकेको मिडियाले उल्लेख गरेका छन् । एजेन्सी

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७