दुर्गाप्रसादले लिए नागरिकता


१३ चैत्र २०७७, शुक्रबार
durga2021 03 25 11 56 59

इलाम, १३ चैत । ४० वर्ष भारतीय जेलमा बन्दीजीवन बिताएर फर्किएका इलामको माई नगरपालिका– १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

उनले जिल्ला प्रशासन कार्यालय इलाममा पुगेर नागरिकता लिएका हुन् । भतिजो गोपाल तिम्सिना, भाइ धीरेन्द्र शर्मा रमणसहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुँयालले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाणपत्र नम्बर भएको नागरिकता प्रदान गरे ।

नागरिकता लिन कार्यालय आएका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले खादा ओडाएर सम्मान गरेका थिए । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ । तिम्सिनाको इलामको एकतप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफूलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७