अफगानिस्तानमा सेनाको कारवाहीमा २७ लडाकु मारिए


१३ चैत्र २०७७, शुक्रबार
f4ba5849c1a505e90bd4612c1b455591 w1000 h500 cp

काठमाडौं, १३ चैत । अफगानिस्तानको जाबुल प्रान्तमा भएको सरकारी सुरक्षा कारबाहीमा परी कम्तीमा २७ जना विद्रोही लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा सेनाको कारबाहीमा २७ लडाकुको मृत्यु भएको हो ।

सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन् ।

लडाकुहरूले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरू समेत सुरक्षाकर्मीले नष्ट पारिदिएका छन् । सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्यमा खुलाइएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७