मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राई, आज को–को थपिदैंछन् नयाँ मन्त्री ?


१३ चैत्र २०७७, शुक्रबार
Sherdhan Rai

काठमाडौं, १३ चैत । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तार गरेका हुन् ।

नयाँ मन्त्रीहरुको आजै (शुक्रबार) अपरान्ह १ बजे सपथ ग्रहण राखिएको छ । पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्री हुने भएकी छन् ।

हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् । त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन् । दुवै जना नयाँ अनुहार हुन् ।

अर्को साता थप मन्त्री समेटेर ११ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । केही नामहरू सपथग्रहणको बेलासम्म हेरफेर र थप हुन सक्ने मुख्यमन्त्री राईनिकट स्रोतले जनाएको छ ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ ।

अविश्वास प्रस्ताव दर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री राईको सरकार सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै मजबुत भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक फिर्ता लिने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७