राष्ट्रिय अनुसन्धानमा १०४ जनालाई रोजगारी, एसईई पास गरेकाले पनि भर्ना पाउने


१३ चैत्र २०७७, शुक्रबार
rastriya aanusandhan

काठमाडौं, १३ चैत । राष्ट्रिय अनुसन्धान विभागमा रोजगारीको अवसर खुलेको छ । कुल १०४ जनाको संख्यामा भर्ना माग गरिएको हो । तीन पदको लागि आज शुक्रबार भर्ना माग गरिएको छ ।

अनुसन्धान अधिकृत (राजपत्र तृतीय श्रेणीसरह), अनुसन्धान सहायक (राजपत्र अनंकित द्वितीय श्रेणी सरह) र सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणीसरह)मा भर्ना खुलाइएको हो । अनुसन्धान अधिकृतमा २१ जना, अनुसन्धान सहायकमा ३२ जना, सहायक सूचकमा ५१ जना माग भएको छ ।

जसअनुसार अनुसन्धानको लागि कम्तीमा स्नातक गरेको, अनुसन्धान सहायकको लागि प्रवीणता तह पास गरेको र सहायक सूचकको लागि एसएलसी वा एसईई पास गरेको हुनुपर्ने आज विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७