नेपालले वैशाखमा कीर्तिपुरमा त्रिकोणात्मक टि२० सिरिज खेल्ने


१३ चैत्र २०७७, शुक्रबार
nepali criket

शुक्रबार, १३ चैत । वैशाखमा नेपालले कीर्तिपुर क्रिकेट मैदान (टियु)मा नेदरल्यान्ड्स र मलेसियासँग टि२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

मलेसिया क्रिकेट बोर्डले नेपालमा नेदरल्यान्ड्स र मलेसियाबीच वैशाख ४ देखि ११ सम्म (१७ अप्रिल देखि २४ सम्म) कीर्तिपुर मैदानमा हुने जनाएको छ । सिरिज डबल राउन्ड रोविनको आधारमा हुने छ । शीर्षदुई टोली फाइनलमा पुग्ने छन् । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले पछिल्लो पटक थाईल्यान्डमा इस्टन रिजन टि२० क्रिकेट प्रतियोगिता खेलेको थियो ।

नेपालले ओमानमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग एकदिवसिय क्रिकेट प्रतियोगिता खेल्ने कार्यक्रम भएपनि कोरोनाको कारण स्थगित भएको थियो । फागुनमा नेपालले कतारमा टि२० सिरिज खेल्ने भनेपनि अन्तिममा स्थगित हुन पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७