आफ्नै बाबुबाट बलात्कृत अपाङ्गता भएकी बालिकालाई न्याय दिनै मुस्किल


१४ चैत्र २०७७, शनिबार
Rape
सांकेतिक तस्वीर

काठमाडौं, १४ चैत । छोरीलाई बुबासँतै राख्ने र बेला बेला आमासँग भेट गराउने सहमतिमा पति–पत्नीले सम्बन्ध विच्छेद गरे । अलग्गै बसिरहेकी आमाले एक दिन जब ६ बर्षीया छोरीलाई भेटिन्, उनको योनीबाट रगत बगिरहेको चाल पाइन् ।

उनले फकाइफुल्याइ सोधिन् । बालिका जन्मजात कान सुन्न सक्दिनन् । बोल्न जान्दिनन् उनले कापीमा चित्र लेखेर आफ्नै बुबाले बलात्कार गरेको खुलाइन् । छोरीलाई लिएर उजुरी दिन आमा प्रहरीकहाँ पुगिन् । प्रहरीले उजुरी लिन मानेन । अस्पतालको रिपोर्टका आधारमा बलात्कार भएको प्रमाणसहित अधिकारकर्मी र सरोकारवालाको निरन्तर दबाबमा बल्ल जाहेरी दर्ता गर्‍यो ।

प्रहरीले उनीहरुसँग बालिकालाई सांकेतिक भाषा सिकाउनुपर्ने सर्त राखे । मुद्दाबारे जानकार अधिवक्ता सविन श्रेष्ठका अनुसार प्रहरीले भनेको थियो, बोल्न नसकेपछि त बयान नै हुने भएन, सांकेतिक भाषा सिकाएर आफैंले बयान गरेपछि मात्रै मुद्दा लिइन्छ । अहिले ती बालिकालाई सांकेतिक भाषा सिकाइदै छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७