दैलेखमा फेरि सामूहिक आत्महत्या प्रयास


१४ चैत्र २०७७, शनिबार
susite

दैलेख, १४ चैत । दैलेखको डुंगेश्वर गाउँपालिका–३ स्थित तेक्चाकी २८ वर्षीया हीरा थापामगरले बिहीबार बिहान छोराछोरीसहित सामूहिक आत्महत्या प्रयास गरेकी छन् । उनले सुरुमा ३ वर्षीया छोरा उमेशलाई झुण्ड्याएर मारिन् लगतै उनले छोरीसहित घर नजिकैको लेक्चा खोलामाथिको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरिन् ।

तर कक्षा ४ मा पढ्ने ९ वर्षीया छोरी आमाको हातबाट फुत्किएर ज्यान बचाउन सफल भइन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको, प्रारम्भिक अनुसन्धानबाट आमाले छोराछोरीसहित सामूहिक आत्महत्या गर्न खोजेको र छोरी आमाको हातबाट फुत्किएर बचेको दैलेखका प्रहरी प्रवक्ता इन्द्रजित सुनारले बताए ।

सामूहिक आत्महत्या गर्नु खोज्नुको कारण खोजी भइरहेको उनले बताए । ‘गरिबी वा अन्य कारण के हुनसक्छ, अनुसन्धान भइरहेको छ,’ उनले भने । भिरबाट हाम फालेर घाइते भएकी हीरालाई स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरी उद्धार गरेका थिए । उमेशको शब पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा राखिएको छ ।

हीराले छोरीसहिछ लेक्चा खोलामाथिको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरेको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले बताए । हीराका पति थिर बहादुर थापामगर रोजगारीका लागि एक वर्षदेखि भारत छन् । यसअघि फागुन २३ गते साझ दैलेख आठबीस नगरपालिका ३ निमायल बस्ने ३५ वर्षीया सुकी बढुवालले तीन छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी थिइन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७