पत्रकार महासंघ युरोपको अध्यक्षमा परियार


१४ चैत्र २०७७, शनिबार
prem pariyar cZvpzYGSYG

पोर्चुगल, १४ चैत । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य छन् ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङरहेका छन् ।

यसैगरी सदस्यमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल, अनिल पौडेल, भेषबहादुर सञ्जु काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पातेञ्जी शेर्पा र किशोर लिम्बू रहेका छन् ।

u

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७