कुमार बस्नेत र प्रकाश गुरुङलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’


१४ चैत्र २०७७, शनिबार
Kumar Prakash

काठमाडौं, १४ चैत । लोकगायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७७ प्रदान गरिएको छ ।

आज (शनिबार) राजधानीमा एक कार्यक्रम आयोजना गर्दै भक्तराज आचार्य संगीत प्रतिष्ठानले भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७७ गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरेको हो । दुबैलाई नगद ५०–५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।

भजन शिरोमणि भक्तराज आचार्यको नाममा यो सम्मान प्रदान गरिएको हो । आचार्य करिब तीन दशकबाट जिव्रोको क्यान्सरका कारण गाउन सक्दैनन् । उनका छोराहरु सत्यराज आचार्य र स्वरुपराज २८ वर्षदेखि नेपाली सुगम संगीतमा क्रियाशील छन् । आजको सम्मान कार्यक्रममा सत्य र स्वरुप दुबै जनाले गीत गाएका थिए ।

कार्यक्रममा सम्मानित गायक कुमार बस्नेतले दशकौं सांगीतिक क्षेत्रमा योगदान गरेका कलाकार सरोकारवाला पक्षले रोयल्टी नदिँदा आर्थिक अभावमा गुज्रिरहेको बताए । सोही सम्मान कार्यक्रममा संगीतकार लक्ष्मण शेषले सम्पूर्ण कलाकार रोयल्टीका लागि एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए ।

केही म्युजिक कम्पनीहरुले कलाकारको आवाज बन्द गराउन वर्षमा एक दिन केही हजार रुपैयाँ दिएर सम्मान गर्ने गरेको भन्दै उनले स्वार्थका लागि गरिने सम्मानको चङ्गुलमा नफस्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७