सचिन तेन्दुलकरलाई कोरोना संक्रमण


१४ चैत्र २०७७, शनिबार
sachin tendulkar

नयाँदिल्ली, १४ चैत । भारतीय क्रिकेट टीमका पूर्व कप्तान सचिन तेन्दुलकरलाई कोरोना संक्रमण भएको छ ।

तेन्दुलकरले ट्वीटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनले संक्रमण हुनुअघि सामान्य लक्षणहरू देखा परेको समेत उल्लेख गरेका छन् ।

आफूलाई संक्रमण भए पनि परिवारका अन्य सदस्यहरूको रिपोर्ट नेगेटिभ आएको तेन्दुल्करले ट्वीटरमा लेखेका छन् । उनी आवश्यक स्वास्थ्य सतर्कता अपनाएर होम क्वारेन्टीनमै रही चिकित्सकको सुझाव पालना गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७