विश्व युद्धले बनाएको समलिङ्गी गोर्खाली


१४ चैत्र २०७७, शनिबार
gurkha army

काठमाडाैं, १४ चैत । ब्रिटिश फौजमा समलिङ्गी सम्बन्धलाई सन् १२ जनवरी २००० देखि मान्यता दिएको छ । त्यसअघि यस्तो सम्बन्धलाई ब्रिटिश फौजमा अबैध तथा अनैतिक मानिन्थ्यो । पुरुष–पुरुषबीचको यौन सम्बन्ध (गे), महिला–महिलाबीचको यौन सम्बन्ध (लेस्बियन) र उभयलिंगी (बाइसेक्सुअल) सम्बन्धलाई ब्रिटिश फौजी कानुनले अपराध मानेको थियो । त्यसैले कोही समलिङ्गी पनि आफ्नो यौन चाहनालाई खुलेर भन्न चाहँदैनथे ।

ब्रिटिश फौजमा समलिङ्गी सम्बन्ध अप्रत्यक्ष रुपमा धेरै अघिदेखि भएको बुझ्न सकिन्छ । विशेष गरी विश्व युद्धको बेला घरदेखि धेरै टाढा, घना जंगलमा या समुन्द्रमा पानीजहाजभित्र बर्षौं हिड्नु पर्दा तिनीहरुको दिनचर्या नै फरक भएको थियो । बाहिरी संसारदेखि तिनीहरु टाढा थिए; त्यो बेला अहिले जस्तो न फोन थियो, न रेडियो न टिभी । घरमा कोही साथीभाइ जाँदा आउँदा मात्र समाचार आदानप्रदान हुन्थ्यो । युद्धको दौरानमा स्थायी ठेगाना नहुने हुँदा चिट्ठीपत्र पनि आदानप्रदान हुन सक्दैनथ्यो ।

स्मिथले आफ्नो किताब, (Masculinity and Same–sex Desire in Industrial England,1895–1957 -LondonM Palgrave Macmillan, 2015) मा लेखेका छन् कि–सबैभन्दा बढी समलिङ्गी सम्बन्ध दोस्रो बिश्व युद्धताका भएको थियो । त्यो पनि जंगलमा, ब्यारेक्समा या पानीजहाजमा अनि पुरुष–पुरुषबीच । यो सम्बन्धमा अविवाहित मात्र होइन, विवाहित पुरुषहरु पनि संलग्न थिए । यो विश्व युद्धको मुख्य भूमिकामा रहेको साम्राज्यवादी देश ब्रिटेनको युवाहरुको मात्र होइन; ब्रिटेनको पक्षमा घाँटी जोडेर बाध्यताले उसको लडाई लड्नु परेका हाम्रा गोर्खाली पुर्खाहरुको पनि कथा र व्यथा हो ।

दोस्रो विश्व युद्धताका समलिङ्गीको बिगबिगी
ब्रिटेनले दोस्रो विश्व युद्धमा १८ देखि ४१ बर्षका सबै युवा युवतीलाई होमेको थियो । यो युद्धका बेला (सन् १९३९–४५) जम्मा ६५,०८,००० युवा युवतीहरु भर्ती भएकामध्ये ११,७९,००० (झण्डै १८%) जनाले समलिङ्गी अनुभव गरेका थिए । युद्धमा धेरै युवा युवतीको माग भएकाले भर्तीको छनौट प्रक्रिया पनि सहज र छिटोछरितो गरिएको थियो । जसको कारण समलिङ्गीहरु पनि भर्ती भएका थिए । सोन्य रोजले आफ्नो किताब ‘Temperate HeroesM Concepts of Masculinity in Second World War BritainÚ in Gendering the Nation -ManchesterM Manchester University Press, 2004)’ मा भनेकी छिन् कि–त्यसबेला युद्ध लड्न सक्ने लडे, लड्न नसक्नेहरुले योद्धाहरुको यौनेच्छा पूरा गरेर सहयोग गरे ।

स्थल सेनामा मात्र होइन; जलसेनामा पनि समलिङ्गीहरु थिए । अंग्रेजी कोड भाषामा तिनीहरुलाई ‘फ्लिप’ भनिन्थ्यो । ‘फ्लिप’ भनेपछि जलसेनाभित्र भएका सबैले कस्तो व्यक्तिको कुराकानी हुँदैछ भन्ने थाहा हुन्थ्यो ।

स्थल सेनामा मात्र होइन; जलसेनामा पनि समलिङ्गीहरु थिए । अंग्रेजी कोड भाषामा तिनीहरुलाई ‘फ्लिप’ भनिन्थ्यो । ‘फ्लिप’ भनेपछि जलसेनाभित्र भएका सबैले कस्तो व्यक्तिको कुराकानी हुँदैछ भन्ने थाहा हुन्थ्यो । त्यहाँ समलिङ्गीलाई अप्रत्यक्ष रुपमा स्वीकार गथ्र्यो किनकी त्यो बखत यी सेनाभित्र केटीहरु हुँदैनथे अनि बाहिरी दुनियाँमा केटीहरुलाई भेट्न जान समय हुन्थेन र धेरै महँगो पनि पर्दथ्यो ।

जोन हवार्डले आफ्नो किताब (Men Like ThatM A Southern Queer History -ChicagoM University of Chicago Press, 1999)’ मा लेखेका छन् कि समलिङ्गीहरुलाई आफ्नो पार्टनरको लिङ्गसँग मतलब हुँदैन; मात्र उसले दिमागमा जुनसुकै तवरले भए पनि यौन तृप्ति गर्ने चाहना बोकेको हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने शारीरिक आवश्यकताभन्दा मानसिक हतारोले मान्छेलाई समलिङ्गी हुन प्रेरित गर्दोरहेछ । यो जीनसँग मात्र सम्बन्धित छैन; बरु परिस्थितिले समेत यसमा भूमिका खेलेको हुन्छ ।

गोर्खालीको समलिङ्गी कथा–व्यथा
मैले गोर्खाली पल्टनमा नोकरी गरेको ब्रिटिश अधिकृतहरुले लेखेका धेरै किताबहरु पढेको छु । तर गोर्खाली सिपाहीहरुको समलिङ्गी सम्बन्ध या व्यवहार कहीं उल्लेख छैन । झलक सुबेदीले आफ्नो किताब ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीको नालीबेली (हिमाल किताब प्रालि, सन् २०१२, पेज ८२)’ मा केहि छनक दिएका छन : ‘केहि गोरा अधिकृतहरुे महिला मित्र या परिवारबाट टाढा भएका बेला सर्लक्क परेका अर्दलीहरुसँग कहिलेकाँही समलिङ्गी सम्बन्ध पनि राखीहाल्थे ।’ उनले अन्तरवार्ता लिएका पुराना गोर्खालीहरुले भनेको कुरामा आधारित भएर उनले यसो भनेका हुन् । केहि वर्षअघि मैले पनि अध्ययनका क्रममा केहि बृद्ध गोर्खालीहरुसँग कुरा गरेको थिएँ र त्यसले पनि गोर्खाली सिपाहीहरुको समलिङ्गी सम्बन्धको बारेमा केहि कुरा उजागर गर्दछ ।

विशेषतः पाको, सिनियर कमाण्डिङ अफिसरहरुले कलिलो केटाहरुलाई आफ्नो अर्दलीको रुपमा राख्ने गर्थे । उनीहरुलाई दया माया दिएर, उनीहरुको बिश्वास जितेपछि यौन सम्बन्ध राख्नेसम्म गर्दथे । नमाने उनीहरुले अर्दली फेर्दथे ।

विशेषतः पाको, सिनियर कमाण्डिङ अफिसरहरुले कलिलो केटाहरुलाई आफ्नो अर्दलीको रुपमा राख्ने गर्थे । उनीहरुलाई दया माया दिएर, उनीहरुको बिश्वास जितेपछि यौन सम्बन्ध राख्नेसम्म गर्दथे । नमाने उनीहरुले अर्दली फेर्दथे । भनेको मान्ने, कलिलो, सोझो, राम्रो केटा छानेर पठाउने काम त्यो कम्पनीको गोर्खाली अधिकृतको हुन्थ्यो । त्यसैले समलिङ्गी यौन सम्बन्ध गराउने काममा गोर्खाली अधिकृतहरुको पनि भूमिका रहन्थ्यो । ‘साहेबले भनेको सबै कुरा मान्नु, कुनै कुरा पनि नकाट्नु । तिम्रो प्रमोसन गर्ने–नगर्ने साहेबको हातमा छ भनेर पहिल्यै टुआईसी साहेबले भन्नु हुन्थ्यो ।’ मैले अन्तरवार्ता गरेको एक जना बुढो गोर्खाली पेन्सनरले मलाई भनेको कुरा अहिले पनि सम्झेको छु । यसरी गोरा अधिकृतको आनीबानी राम्रो थाहा भएकाले फकाई–फुलाई गर्ने काम धेरै अघिदेखि नै हुन्थ्यो भन्न सकिन्छ ।

‘दशैंमा राम्रो केटाहरुलाई मारुनी बनाएर मनाइन्थ्यो । मेकअप गरेर, केटीको लुगा लगाई दिएपछि उ कुनै केटीभन्दा कम हुन्थेन’, अर्का बृद्धले हाँस्दै भनेको मलाई याद छ, ‘शुरु शुरुमा रिसाउँथ्यो; पछिपछि त उ आफैले केटी जस्तो व्यवहार गर्न थाल्यो । केटी जस्तै लजाउने; सबैलाई ब्यारेक्समा चिया ल्याई दिने; खाना पकाउने, सेलरोटी पोल्ने पनि गर्न थाल्थ्यो । हामी पनि उसलाई केटी नै ठानेर व्यवहार गथ्र्यौ । बेला–बेलामा गिफ्ट किनिदिने; जिस्कने, चल्ने गथ्र्यौ । हुँदा–हुँदा त पछि उसको कारणले केटाहरुको फाइटसम्म हुन्थ्यो ।’ यसले के स्पष्ट गर्छ भने त्यो समय ब्रिटिश अधिकृत र गोर्खालीबीच मात्र होइन; गोर्खाली–गोर्खालीबीच पनि समलिङ्गी सम्बन्ध हुने गथ्र्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७