उपेन्द्र यादव मोरङ क्षेत्र नं ५ बाट सिफारिस


२५ आश्विन २०७४, बुधबार
Upendra Yadav

काठमाडौँ: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं.५ बाट सिफारिस गरिएको छ ।

Upendra Yadav

उक्त क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको राजकुमार यादवले जानकारी दिए ।पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र.५ अन्तर्गत विराटनगर १४ को स्थायी वासिन्दा हुन् ।यस अघि नै सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७