काठमाडौंमा हर्षोल्लासपूर्वक मनाइयाे होली (फोटो फिचर)


१५ चैत्र २०७७, आईतवार
TH4B0016 scaled

काठमाडौं, १५ चैत । रङहरुको पर्व फागुपूर्णिमा (होली) आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लास पूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने भोलि सोमबार मनाइनेछ ।

सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु छन् ।

holi basantapur 2

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। यसैक्रममा राजधानीको बसन्तपुरमा एकापसमा रङ र लोला खेलेर होली मनाइएको छ। फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास लिइन्छ।

holi ff

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् ।

holi 1

काठमाडौंको बसन्तपुर क्षेत्र होली मनाउनेहरु भेला हुने मुख्य क्षेत्र हो । सरकारले कोरोना महामारी फैलिने जोखिम रहेको भन्दै सर्वसाधारणलाई घरभित्रै परिवारसँग होली मनाउन आग्रह गरेको थियो । तर सरकारी आग्रह र कोरोना महामारी फैलिने सम्भावनालाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरु होली खेल्न बसन्तपुर पुगेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

TH4B0074
TH4B0101
TH4B9977
TH4B9973
holi
holi basantapur 1
TH4B9975
TH4B0016
mala rai

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७