नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने


१६ चैत्र २०७७, सोमबार
PM Kp Sharma oli
?????????????????

काठमाडौं, १६ चैत । त्रिदेशीय कपको आज (सोमबार) को फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालमा जाने भएका छन् ।

घरेलु टोली नेपाल र बंगलादेश त्रिदेशीय कपको उपाधिका लागि आज खेल्दै छन् । खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले प्रधानमन्त्री ओली फाइलन खेल हेर्न दशरथ रंगशालमा उपस्थित हुने बताए ।

एन्फाले आयोजना गरेको त्रिदेशीय कपमा नेपाल र बंगलादेशसहित कीर्गिस्तान यू–२३ टिमले पनि प्रतिस्पर्धा गरेका थिए । तर, एक बराबरी र एक हारको नतिजासहित कीर्गिस्तान समूह चरणबाटै बाहिरियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७