वायु प्रदूषण : विद्यालय बन्द गर्दै सरकार


१६ चैत्र २०७७, सोमबार
rolpaa school

काठमाडौं, १६ चैत । वायु प्रदूषणको मात्रा बढेसँगै काठमाडौं उपत्यकाका विद्यालयहरु चार दिन बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण विद्यालयहरु भोलिदेखि चार दिन बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ ।

प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुुने भएकोले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन वन तथा वातावरण विभागले चैत १३ गते अपिल गरेको थियो । यता विभागले फोहोर बाल्दा प्रदूषण बढ्ने भएकाले आगो नबाल्न अपिल गरेको थियो । त्यसलाई नै मध्यनजर गर्दै भोलिदेखि गाडीहरु जोर–बिजोर प्रणालीमा चलाउने तयारी गरिएको छ ।

कोभिड–१९ महामारीका कारण गत वर्ष चैत ११ गतेबाट बन्द भएको विद्यालय यो वर्ष कात्तिकदेखि मात्र पूर्ण रुपमा सञ्चालनमा आएको थियो । मौसमविदले प्रदूणण अझै केहि दिन रहन सक्ने बताएका छन् । एकपल्ट पानी परेपछि मात्र उपत्यमाको वायु प्रदूषण हटेर जाने मौसमविदको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७