थ्री नेसन्स कप च्याम्पियन नेपाली खेलाडी संजोक र विशाल राईको गोल {भिडियाे}


१६ चैत्र २०७७, सोमबार
sanjok and bishal rai goal

काठमाडौं १५, चैत । घरेलु टोली नेपाल थ्री नेसन्स कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपालले ३७ वर्ष पछि घरेलु मैदानमा उपाधि जितेको हो ।
नेपाललाई जिताउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा गरेको हो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए ।
खेलको १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् । उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए । डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन् ।
यस्तै ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

भिडियाे


दोस्रो हाफमा पनि नेपालले बंगलादेशलाई दवावमा राखे पनि थप गोल गर्न सकेन् ।
यस्तै ८३औं मिनेटमा सब्सिच्युट महाबुबुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २–१ ले स्थितिमा ल्याए । त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन् । च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको आयोजना गरेको थियो । लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालले ३७ वर्ष पछि घरेलु मैदानमा उपाधि जितेको हो । नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको थियो । त्यतिबेला दक्षिण एसियाली खेलकुद महासंघ (साग) मा बंगलादेशलाई हराएको थियो । समग्रमा नेपालको यो पाँचौ उपाधि हो । यसअघि नेपालले सन् १९८४ र १९९३ को सागको पुरुष फुटबल, २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप र २०१६ मै बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो । प्रशिक्षक बालगोपाल महर्जनको कप्तानी गतवर्ष नेपालले सागको उपाधि जितेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७