गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङलाई सिटी एक्सप्रेसको सम्मान


१६ चैत्र २०७७, सोमबार
Bhaktaraj Samman

काठमाडौं, १६ चैत । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङ सम्मानित भएका छन्।

चैत्र १४ गते ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ २०७७ को गायनतर्फ बरिष्ठ गायक कुमार बस्नेत र संगीत तर्फ बरिष्ठ संगीतकार प्रकाश गुरुङलाई जनही पुरस्कार ५०,००१ रुपैयाँ पुरस्कार प्रदान गरिएको सिटी एक्सप्रसले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा दुवैलाई सम्मान गरेका थिए।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले केहि वर्ष यता संगीत र कलाको क्षेत्रमा महत्तवपूर्ण योगदान पु¥याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ विज्ञप्तीमा उल्लेख छ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ नारालाई आत्मसाथ गर्दै १४ वर्षदेखि संसार भरबाट सहज रुपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका दस हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षीत तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७