स्पष्टीकरणसँगै ओलीलाई घनश्यामको प्रश्न : कसका लागि एमाले विभाजन गर्दै हुनुहुन्छ ? (पूर्णपाठ)


१७ चैत्र २०७७, मंगलवार
Ghana ispastikaran

काठमाडौं, १७ चैत । एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ पृष्ठको स्पष्टीकरण दिएका छन् । उनले बुझाएको स्पष्टीकरणमा ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन ओलीलाई आग्रह गरिएको छ ।

‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईले पाउन अझै के बाँकी छ ? पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन् ।’

भुसालले स्पष्टीकरण पत्रमा लेखेका छन्, ‘ मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाई दण्डित हुनु हुनेछ ।’ उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै प्रश्न गरेका छन्, ‘तपाई अहिले हिंडिरहेको बाटो रहस्यमय छ । कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’

हेर्नुस् भुसालको स्पष्टीकरण पत्र

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७