म्यानमार सैनिक सरकारको हत्या र दमनको बिरोधमा काठमाडौंमा प्रर्दशन {भिडियो}


१७ चैत्र २०७७, मंगलवार
protest nepal against myanmar army goverment

काठमाडौं, १७ चैत । म्यानमार (बर्मा)मा सैनिक सरकारद्वारा लोकतन्त्रका पक्षधरहरुको हत्या र दमन निन्दनीय भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडी धर्ना दिएको छ ।

बर्मामा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित धर्ना दिइएको समाजले जनाएको छ ।

धर्नामा सहभागीहरुले म्यानमारमा लोकतन्त्र बहाली गर, हत्याहिंसा बन्द गर, लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । गत शनिवार मात्र १ सय भन्दा बढी प्रदर्शनकारीहरुको हत्याको निन्दा एवं भत्र्सना गरिएको समाजले जनाएको छ । समाजका सभापति गोविन्द खनालले सैनिक जुन्टाद्वारा भइरहेको हत्या र दमनको निन्दा गर्दै यसलाइ रोक्नका लागि अन्तराष्ट्रिय समुदायले कदम चाल्नुपर्ने बेला आएको भन्दै शान्तिपूर्ण धर्नाको आयोजना गरिएको बताए ।

म्यानमारमा जारी हत्या र दमन तत्काल अन्त्य हुनुपर्ने र शिघ्र लोकतन्त्र बहाली हुनुपर्छ भन्ने आग्रहसहित यस अघि पनि समाजले नेपालस्थित बर्मेली दुतावास अगाडि विरोध प्रदर्शन गरेको थियो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७