विश्वबिद्यालयको शुल्क बृद्धि तुरुन्त फिर्ता लिन अनेरावबियुको माग

यातायातमा बिद्यार्थीले पाउने ४५ प्रतिशत छुट कार्यान्वयन कडाइ गरिने


१७ चैत्र २०७७, मंगलवार
sudehs parajuli

काठमाडौं, १७ चैत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले कोरोनाको मारमा पनि विश्वबिद्यालयले शुल्क बृद्धि गरेको तुरुन्त बृद्धि भएको शुल्क फिर्ता लिन माग गरेको छ ।

चैत्र १० गते काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्ष सार्वजनिक गर्न मंगलबार काठमाडौंमा अयोजित पत्रकार सम्मेलनमा अखिलले बिभिन्न बिश्वबिद्यालयले गरेको शुल्क बृद्धिको विरोध गर्दै कोरोनाको अवधीमा पनि शुल्क लिएका शैक्षिक संस्थाले तुरुन्त शुल्क फिर्ता गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने निर्णय भएको जनाएको हो ।

त्यस्तै देशका बिभिन्न शैक्षिक संस्थाहरुमा शुल्क बद्धि र लकडाउन समयावधीको शुल्क छुट दिन गरिएका आन्दोलनहरुप्रति ऐकवद्धता जाहेर गर्दै सम्बन्धीत निकायलाई कार्यान्वयन गर्न माग गरिएको छ । शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक तथा व्यबसायीक ऋणको प्रभावकारीपनि भेलाले जोड दिएको छ भने बिद्यार्थीले यातायातमा पाउदै आएको ४५ प्रतिशत छुटको सवै ठाँउमा कार्यान्वयन नभएकाले कडाइका साथ कार्यान्वयनको लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने निर्णय भएको अनेरास्वीयुका अध्यक्ष सुदेश पराजुलीले बताए ।

166615936 281900773459386 2914788814553678873 n

उनले अखिललाई एकतावद्ध बनाउन बाहिर रहेकाहरुलाई पनि संगठनमा आउन अपिल गरे । त्यस्तै उनले एमालेका बरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलमागि गरिएको कारवाहीको घोर विरोध गर्दै उक्त निर्णय मान्य नहुने तर्क गरे ।

भिडियाे

https://youtu.be/oW1b8eCFSnY

यस्तै राष्ट्रिय कार्यकर्ता भेलाले बिगतमा बिद्यार्थी संगठन र राज्यको बीचमा भएका सम्झौताहरुको कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको अखिलले जनाएको छ ।

हेर्नुहाेस विज्ञप्ती

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७