मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

आजै प्रदेशसभा संसदीय दलको बैठक बस्दै


१८ चैत्र २०७७, बुधबार
dormani Paudel

हेटौडा, १८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिइन् । यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल–नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । यसैगरी प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।

यता नेकपा एमालेको बागमती प्रदेशसभा संसदीय दलको बैठक बुधबार दिउँसो काठमाडौंमा बस्दै छ । सो बैठकमा आफूहरु पनि सहभागी हुने शाक्यले बताइन् । उनले भनिन्, ‘हामी दलको बैठकमा सहभागी हुन्छौं र आफ्ना कुराहरु राख्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७