बिबी लिम्बूको ‘ए माया मुसुक्कै हाँस न’ सार्वजनिक


१५ चैत्र २०७७, आईतवार
bibee limbu

काठमाडौं, १५ चैत । बिबी लिम्बूको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । बिबी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हाँस न’ बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।
रुद्र जीएमको शब्द संगीत र एरेञ्ज रहेको गीतलाई सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ ।
गीतको भिडियोमा रुकमान लिम्बू, सोनिया लिम्बू र कामना लिम्बूको अभिनय रहेको छ । निर्देशन ​प्रकाश लिम्बूले गरेका छन् भने गायक लिम्बूले नै छायाँकन र सम्पादन गरेका छन् । छायाँकनमा भने डम्बर राईले पनि साथ दिएका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७