नेपाल फर्किन लागेका युवाको दक्षिण कोरियामै मृत्यु


१८ चैत्र २०७७, बुधबार
6f8ab035cd7810ad84eb58cc5957e236 w1000 h500 cp

काठमाडौं, १८ चैत । दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । सुर्खेतका गगन रावलको कोरियामा हृदयघातका कारण मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ ।

उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको हो । प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार राति एक्कासी ठूलो आवाजमा गगन चिच्याएका थिए । त्यसपछि हेर्न जाँदा उनी भुइँमा बेहोस भेटिएका थिए । दक्षिण कोरियामा ४ बर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७