विश्वकप फुटबल छनौट : इटाली, इङ्ल्याण्ड, फ्रान्स र स्पेन विजय


१९ चैत्र २०७७, बिहीबार
41195584 9424011 image a 44 1617226500093

काठमाडौं १९ चैत । साविक विजेता फ्रान्सले विश्वकप फुटबल छनौट खेलमा बोस्निया हर्जगोभिनालाई १–० ले हराएको छ । बोस्नियालाई उसैको मैदानमा हराउन फ्रान्सका एन्टोनियो ग्रेजम्यानले निर्णायक गोल गरे ।

यही समूहको अर्को खेलमा युक्रेन र काजखस्तानले १–१ गोलको बराबरी खेलेका छन् । उता समूह ‘आई’ को खेलमा इग्ल्याण्डले पोल्याण्डलाई २–१ ले हराएको छ । यही समूहका अन्य खेलहरुमा हंगेरीले एण्डोरालाई ४–१ ले हराउँदा अल्बानियाले सान मारिनोमाथि २–० को जित निकाल्यो ।

विश्वकप छनौटअन्तर्गत युरोपेली समूह ‘बी’ को खेलमा स्पेनले कोसोभोलाई ३–१ ले हराउँदा ग्रिस र जर्जियाले १–१ गोलको बराबरी खेलेका छन् । यसैगरी समूह ‘सी’ को खेलमा इटालीले लिथुआनियालाई २–० ले हराउँदा बुल्गेरिया र नर्दन आयरल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।

यसैगरी समूह ‘जे’ को खेलमा उत्तरी मेसेडोनियाले जर्मनीलाई स्तब्ध पारेको छ । फुटबलको महाशक्ति राष्ट्र जर्मनीमाथि उसेको मैदानमा ऐतिहासिक जित निकाल्ने क्रममा उत्तरी मेसेडोनिया २–१ ले विजयी भयो ।

यो समुहमा ३ खेलबाट ६ अंक जोडेको जर्मनी तेस्रो स्थानमा झरेको छ । शीर्ष स्थानको अर्मेनियाको ९ अंक छ भने उत्तरी मेसेडोनिया ६ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । विश्वकप छनौटमा गएराति डेनमार्क, स्कटल्याण्ड, अर्मेनिया, आइसल्याण्ड र इजराइल पनि विजयी भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७