‘थाहा छैन’ म्यूजिक भिडियोमा फोटो पत्रकार वन्त र मुना राईकाे अभिनय


२० चैत्र २०७७, शुक्रबार
ASHIK MAMA THAMB Final

काठमाडौं, २० चैत । नेपालको फोटो पत्रकारितामा एक दशक भन्दा बढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सन्तोषजंग थापाद्वारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपनस्थित फलैंचा रेष्टुरेन्टमा एक कार्यक्रम गरी विमोचन गरिएको छ । नेपाली समाजमा मायामा परेकाहरुलाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । गीतकार सन्तोषजंग थापाद्वारा रचित ‘थाहा छैन’ नामक गीत गायक रोशन राईले गाएका छन् भने भिडियोमा फोटा पत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगीतकार तथा गायक नरहरि प्रेमीले फोटोपत्रकार प्रदीपले नेपाली समाजमा युवा युवतीहरु मायामा कसरी तडपिएर बाँच्दा रहेछन् भन्ने भोगेको दुःखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेकामा खुशी व्यक्त गरे ।

भिडियोमा वन्त फोटो पत्रकारितामा जस्तै दमदार रुपमा प्रस्तुत भएका छन् । उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताए ।

गीतको छायाँङ्कन रामकृष्ण चौलागाईले गरेका छन् भने संगीत तथा भिडियो निर्देशन आशिक राईले गरेका छन् । म्यूजिक भिडियो रन्जु राई मिनाले निर्माण गरेकी हुन् । उक्त म्यूजिक भिडियो सद्भाव टिभि नेपाल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७