२०७७ चैत २१ गते शनिबारको तपाईको राशिफल


२१ चैत्र २०७७, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने बैदेशिक यात्रा तय गर्न सकिने छ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । समाजसेवामा मन लाग्ने छ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दिनको सुरुमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि मध्य दिनपछि रोकिएका अधूरा कार्यले पूर्णता पाउने छ । शिक्षामा पनि राम्रो नतिजा पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भइ दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । प्रेम सम्बन्ध कसिलो होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्य जस्ता कार्यमा सहभागी भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७