जब ‘ध्रुवे’ सँग जम्काभेट भयो


२१ चैत्र २०७७, शनिबार
chitwan national park 20210402233842

चितवन, २१ चैत । गैंडा गणकको टोली शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट निस्कियो । त्यही आसपास रहेको जंगली हात्ती ‘ध्रुवे’ घरपालुवा पोथी हात्तीको आकर्षणले पिछा लाग्यो । झण्डै १२ किलोमिटर दूरीको कोलकत्ता टापुसम्म पुग्यो ।

शुक्रबारको गणना कार्य सकिन २० मिनेटजति बाँकी थियो। गणक टोली चढेको हात्ती र ध्रुवेको दिउँसो साढे २ बजे जम्काभेट भयो। ध्रुवे देखेपछि गणनाका लागि प्रयोग गरिएका हात्ती तर्सिए । हात्ती तर्सिएर उफ्रिँदा गणक र हात्तीसारे खसेर घाइते भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।

‘जंगली हात्तीसँग अचानक जम्काभेट हुँदा घरपालुवा हात्तीहरू तर्सिए’, सूचना अधिकारीले भने, ‘हात्ती उफ्रिन थाल्दा मान्छे खसेर घाइते भएका हुन् ।’ त्यस क्रममा गणक र हात्तीसारेसहित पाँच जना घाइते भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको जनाइएको छ । श्रेष्ठलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचार गरिएको थियो ।

काठमाडौंको ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । चार जना सामान्य उपचारपछि घर फर्किएका छन् । हात्तीबाट खस्दा गणकका मोबाइल, क्यामेरालगायत सामग्री हराएको जनाइएको छ ।

ध्रुवे हात्तीको आक्रमणबाट २०६६ देखि चार वर्ष अन्तरालमा १३ जनाको मृत्यु भएको थियो । गैंडा गणना कार्य स्थगन गरिएको कोषका सौराहा प्रमुख डा.बाबुराम लामिछानेले बताए । निकुञ्जमा चैत ९ गते गैंडा गणना सुरु गरिएको थियो । गैंडा गणनामा हात्तीलाई सजिलो माध्यम मानिन्छ । त्यही भएर हात्तीमा चढेर गैंडा गणना गरिन्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७