चोरी गरी न्यूयोर्क पुर्‍याइएका तेह्रौं शताब्दीको टुँडालसहित सम्पदा नेपाल फर्काइँदै


२१ चैत्र २०७७, शनिबार
Nepal

काठमाडौं, २१ चैत । तेह्रौं शताब्दी आसपासका प्राचीन नेपाली सम्पदा अमेरिकाको न्युयोर्कमा भेटिएको चार वर्षपछि अदालती प्रक्रियाबाट उत्पत्ति र आधारकारिता प्रमाणित गरेर चाँडै घर फर्काइने भएको छ ।

नेपालसहितका मुलुकबाट चोरी गरी अमेरिका पुर्‍याइएका प्राचीन सम्पदा भारतीय मूलका एक अन्तर्राष्ट्रिय व्यापारीको संग्रहमा पाइएको थियो । त्यसबारे अनुसन्धान र कानुनी प्रक्रिया अवलम्बन गर्दै न्युयोर्कस्थित न्यायाधिवक्ता कार्यालयले नेपालका सम्पदा फर्काउने भएको हो ।

पन्ध्रौं सोह्रौं शताब्दीको मानिने भुइँमा बसेका गणेश, चौधौं पन्धौं शताब्दीको मानिने भूमिस्पर्श मुद्राका बुद्ध र १३ औं शताब्दीको काठमा कुँदिएको अप्सरा आकृतिको सम्पदा नेपाललाई हस्तान्तरण गरिएको छ ।

न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र न्ययोर्कका जिल्ला न्यायाधिवक्ता साइन्स भान्स जुनियरले यी सम्पदा नेपाललाई हस्तान्तरण गरिएको सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७