नेपाल–खनाल समूहले दुई महिना पार्टी सुदृढीकरण अभियान चलाउने


२१ चैत्र २०७७, शनिबार
Madhav jhalanath1

काठमाडौं, २१ चैत । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान चलाउने भएको भएको छ । आज (शनिबार) राजधानीमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने जानकारी दिंदै भट्टराईले अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने उनको भनाइ छ ।

माधव नेपाललगायतका नेताहरुमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उनले बताएका छन् । बैठकले केही दिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ । सो पुस्तक पार्टीका तल्ला तहसम्म वितरण गरेर प्राप्त सुझावका आधारमा अघि बढिने पनि भएको छ ।

बैठकले पार्टीका विभिन्न संगठनहरुलाई सक्रिय बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको भट्टराईले जानकारी दिए । यस्तै आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय पनि भएको छ । नेपाल–खनाल समूहले यसअघि तयारी पूरा नभएकाले आज राष्ट्रिय अभियान घोषणा नहुने बताएको थियो ।

https://youtu.be/eMZL_-WfIxI

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७