२०७७ चैत २२ गते आइतबारको तपाईको राशिफल


२२ चैत्र २०७७, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज परिवारमा सुख सन्तोष छाउने छ । सफल यात्राको योग छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । जोश, जाँगर र उमङ्ग पनि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वाक्चतुर्याईले संकल्पसिद्घ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज विद्या र बुद्धिके विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहला । शेयर बजारबाट पनि सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । दैनिक कार्य सम्पादनमा सहजता मिल्ने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुची बढ्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सानातिना समस्यामा अल्झिनु पर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दी छाउन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउने छन् । टाढिएका मित्रसँग पुनः सम्बन्ध गाँसिन सक्छ । शेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७