देशैभरका विद्यालय आजदेखि पूर्ववत रुपमा सञ्चालन हुँदै


२२ चैत्र २०७७, आईतवार
rolpaa school

काठमाडौं, २२ चैत । देशैभरका विद्यालय आज (आइतबार) देखि पूर्ववरुपमा सञ्चालन हुने भएका छन् । वातावरण प्रदूषण कम हुँदै गएकाले आजदेखि विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन् ।

वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गर्ने निर्णय गरेको थियो । वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय बन्द नभइ नियमित सञ्चालन भएका थिए । पछिल्ला केहि दिनमा देशका धेरै जिल्लामा वर्षा भएका कारण प्रदूषण कम हुँदै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७